टीकापुर

टीकापुरमा यातायात कार्यलय बन्छभने नि:शुल्क घर उपलब्ध गराउने: ज्ञानेद्र शाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साउन ६ टीकापुर
कैलाली जिल्लामा यातायात साखा कार्यलय स्थापना हुने बारे सनिवार टीकापुरमा भएको थियो ।

अन्तरक्रिया कार्यक्रम पछि निकै चर्चा चलेको छ युवा विद्यार्थी तथा नागरिक समाजको पहलमा उक्त कार्यक्रम पछि टीकापुरका उद्योगी ,व्यावसायि ,सामाजिक अगुवा ,राजनीतिक दल लगायतको एक आवाजका साथ लागिरहेको बेला टीकापुरका निर्माण व्यावसायि ज्ञानेन्द्र शाहले यातायात कार्यलय टीकापुरमा स्थापना गर्न आफुले आफ्नो घरको आठकोठा सित्तैमा उपलब्ध गराउने घोषणा गर्नु भएको छ।
टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ३० लम्की खक्रोला मुलसडकमा ससत्र गण नजिकै रहेको भवनका भुइँतलाको आठकोठा यातायात कार्यलयको आफ्नो संरचना निर्माण नहुदा सम्म निसुल्क उपलब्ध गराइने घोषणा गर्नु भएको छ।
मालिका समाचारसंग टेलीफोन सम्पर्कमा शाहले टीकापुर क्षेत्र मात्रै नभइ जानकी गा.पा.जोशीपुर गा.पा भजनी न.पा लम्की चुहा न.पा लगायतलाई पाइक पर्ने र यस क्षेत्रको विकास निकास समृद्धिको निम्ति आफ्नो तर्फबाट हुन सक्ने अन्य सहयोग पनि गर्न तयार रहेको बताउनु भयो।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply