धारिलो बस्तु प्रहार बाट एक जना घाइते पीडित भन्छन खुकुरी

टीकापुर ४ भदौ
टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकता नगर शिविरमा बिहिवार धारिलो बस्तु प्रहार बाट एक जना घाइते भएका छ्न ।
बिहिवार छोरा दही लिन भनी बजार पुगेका प्रकाश बहादुर दमाईका छोरा लाई एक युवाको समुहले खुकुरी देखाएर तर्साउदै लखेटी कुटपिट गरेको थाहा पाउदा त्यसो किन गरेको हो भनि सोध्न गएको बेला आफुमाथि खुकुरी प्रहार भएको पीडित प्रकाश बहादुर दमाईले मालिका समाचार लाई बताए ।

उक्त घटनाका दोषी दुइजना इलाका प्रहरी कार्यलय टीकापुरले थुनामा राखेर अनुसन्धान भैरहेको अनुसन्धानका क्रममा खुकुरी प्रयोग नभई आतमा लगाएको औँठीले हानेको पिडकले कबुलेको इलाका प्रहरी कार्यलय प्रमुख मधुसूदन न्यौपानेले मालिका समाचार लाई टेलीफोनमा बताउनु भयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
