राजनीतिस्वास्थ तथा सरसफाइ

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमीत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भदौ २४ काठमाडौ / नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना नेपाल प्रवेशको प्रारम्भिक चरणमा भारत लगायत विभिन्न मुलुक बाट आएका हरुमा देखिने गरेको अवस्था बाट पछिल्लो समयमा राजनीतिग्य बिशिस्ट व्याक्ती प्रहरी पत्रकार लगायत समुदायमा फैलिएको छ।

कोइरालाको आज परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

बिज्ञापन

महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्य तथा लक्षण नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।नेपाली काङ्ग्रेसका महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ ।

साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply