घटना

संचार गृहमै प्रवेश गरि संचार कर्मी कुटपिट ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी २६ भदौ
कैलाली जिल्लाको धनगढी स्थित रहेको दिनेशखबरको सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ।
दिनेश खबरमा सम्प्रेषण भएको ” धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या” हेडलाईन रहेको समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाको हुलले एकाएक दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।

सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेको दिनेश खबरले जनाएको छ।

बिज्ञापन
घटना को प्रत्यक्ष लाइभ हेर्न यो दिनेशखबरको लिन्क हेर्नुस्

सम्प्रेषण गरिएको समाचारको स्रोत जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो।

उनका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनी धनगढी उप–महानगरपालिकाका कर्मचारीका छोरा रहेको पनि उल्लेख गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply