घटना

संचार गृहमाथि धावा बोल्ने बिरुद्ध इलाका प्रशासन कार्यलय मा धर्ना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ३०भदौ
कैलाली जिल्लामा संचालित रहेको दिनेश सञ्चारको गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै टीकापुरका पत्रकारहरुले ईलाका प्रशासन कार्यालय टीकापुर अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको धर्ना कार्यक्रममा दोषीलाई कार्वाहीको माग गर्दै आधा घण्टा पत्रकार हरुले धर्नामा दिएका हुन।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले पछिल्लो समयमा पत्रकार र संचार गृह माथी भइरहेका घटनाको निन्दा गर्दै दोषीलाई कार्वाहीको गरिनुपर्ने बताएका छन।

बिज्ञापन

उनले प्रहरीको प्रबक्ताले दिएको आधिकारिक धारणालाई पत्रकारले समाचार बनाउनुमा कुनै गल्ती नभएको भन्दै यदि कुनै त्रुटि भएकै भएपनी कानुनी बाटो अपनाउनुको साटो संचार गृहमा प्रवेश गरि गुण्डाराज सैलिमा आक्रमण गर्नु निन्दनिय भएको बताए।
दोसिलाई कार्वाही नभए देश ब्यापी रुपमा आन्दोलन चर्काउनेकुरा समेत बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्र पार्सद गणेश चौधरी , मातृकाप्रसाद तिमिल्सिना लगायतलेउक्त बिषयमा आ आफ्नो धारणा राखेका थिए। बोल्ने बक्ताहरुले आक्रमणमा संलग्नलाई जो कोहि लाई यथाशीघ्र कार्वाहीको दाएरामा ल्याउन प्रहरी प्रशासनलाई माग गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply