मकवानपुरमा खोलाले बगाउँदा भयो मृत्यु

असोज , ११
मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका -६ का ६२वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीय श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकाको झल्ला भने ठाँउमा सामरी खोला तर्ने क्रममा बिहान उनीहरुलाई खोलाले बगाएको छ ।
शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउदा तीन जनाको मृत्यु भएको थियो ।स्थानीय खोलाहरुमा आएको बाढीले बगाउँदा हेटौंडा १९ , कैलाश र भीमफेदी गाउँपालिका गरि तीन जनाको मृत्यु भएको बताए ।
खोलाले बगाएका उनीहरुलाईकरिब ६५ मिटर तल पुरेयाएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।अहिले प्रहरी टोली घटनास्थलतर्फ गइसकेको उनले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

