घटनासहयोग तथा उदार

बझाङकि बालिका सम्झना कामिको हत्यारा लाई कडा कार्वाहीको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज ११कैलाली
बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या भएको घटनालाई देश भरिका युवाहरूले गम्भीरता पुर्बक लिएको र यो घटनाका दोषी लाई कडा कार्वाही गर्न माग गरेका छन।

अखिल नेपाल महिला संघ (अनेमसङ्घ) ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ । अनेमसङ्घकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुन ।

बिज्ञापन

उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो ।

यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन । उनले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गरेका छन । उनले सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलत्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गरेका छन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply