कृषि

तस्करी बढेको भन्दै हरियो केराउ ओसारपसार लगाइयो रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज १२ /नवलपरासीका सीमावर्ती नाका हुदै भारततर्फ तस्करी बढेपछि जिल्ला सुरक्षा समितिले हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ।


यस्तै हरेक दिन नाकाबाट केराउ बरामद गर्दा पनि लुकीछिपी भारत पुयाइन थालेपछि समितिले यस्तो निर्णय गरेको बताए ।
उद्योग वाणिज्य संङले भने प्रतिबन्धको विरोध जनाएको छ।

बिज्ञापन

केही व्यक्तिले तस्करी गरेभन्दैमा अन्य व्यावसायीलाई केराउको कारोबार नै गर्न नपाइने गरि गरिएको प्रतिबन्ध खोल्न मागगरेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए ।


यस्तै प्रशासनले चोरी निकासी भएको भए नियमन गर्ने हो ,बरामद गर्ने हो तर कानुनअनुसार कारोबार गर्नेलाई दु:ख दिने काम गर्ने हुदैन उनले बताए ।


यही चार महिनाको बिचमा बरामद गरिएको केराउबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ।प्रहरीले तस्करीका २ करोड ४० लाख मुल्यबराबरका सामान भन्सार कार्यालयलाई बुझएको छ।


लकडाउनको समयमा जिल्लाका सिमावर्ती नाकाबाट अबैध रुपमा ल्याइएका हरियो मोटर ,लताकपडा , रासायनिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply