जङगलमा भेटिए शिशु
लोक कल्याणकारी विज्ञापन

असोज,१९
सल्यान शारदा नगरपालिका मैसेपानी नजिकै रहेको जङगलमा सोमबार बिहान शिशु फेला परेका छन ।
जङगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुदै गरेको बालक देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
बिज्ञापन

बालक ६ महिनाजति उमेरका रहेको र उनका नजिक एउटा झोला समेत पनि फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
यस्तै बालकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।
अहिले बालकको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
