घटना

बझाङमा बलात्कारपछि मिलापत्र गराउने पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२०
बझाङकी १२ वर्यीया बालिका सम्झना कामीको बलातकारपछि हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।


उनिहरुले गत साउन २९ गते १४ वर्यीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए ।

बिज्ञापन

घटना बाहिर आउन नदिन उनिहरुले पीडित बालिका र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए ।


उनिहरुले मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए । राजेन्द्रले बालीकाका खुट्टामा पाँच सय रुपैया राखेर ढोगेको पनि समेत खुलेको थियो ।


अहिले उनिहरु प्रहरी हिरासतमा छ्न । सम्झना बिकमाथी बलात्कारपछी हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो।


त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्यीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए ।


मिलापत्र गर्नेहरुमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डिएसपी रुकुम खड्काले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply