स्वास्थ तथा सरसफाइ

टीकापुर अस्पतालमा अर्थो सर्जन द्वारा अपरेसन सेवा सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ३ कार्तिक
टिकापुर अस्पतालमा अर्थो सर्जन द्वारा अपरेसन सुरु भएको छ।
अर्थो सर्जन डाक्टर रेमकुमार राईले सेवा शुरु गर्नुभएको छ। हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर राई शनिबार टीकापुर पुगे संगै उहाँले हिजो पहिलो शल्यक्रिया समेत गर्नुभएको छ ।

यसअघि त्रिशुलीमा कार्यरत डाक्टर राईको आज टीकापुर अस्पताल विकास समितिले पदस्थापन गर्ने तयारी गरेको अस्पतालका अध्यक्ष दीपकबहादुर रावलले जानकारी दिनुभयो ।

बिज्ञापन

डाक्टरको सेवापछि हाड जोर्नी सम्बन्धी समस्या भएका टीकापुर तथा आसपासका नगरपालिका गाउपालिका हरुका नागरिकलाई अब टीकापुरमै उपचार सेवा पाइने भएको छ ।

शल्यक्रियाका लागि आवश्यक केही सामग्री अभाव रहेको अस्पतालले मेशिन लगायतका सामग्री खरिद प्रक्रिया शुरु गरिएको छ। उक्त सेवा सुरु संगै संबंधित क्षेत्रका नागरिकले हाड जोर्नी सम्बन्धी समस्या लिएर कोहलपुर र नेपालगञ्ज जानुपर्ने वाध्यताको अन्त्य भएको छ।

अस्पतालले विगत् देखिनै दिँदै आएको विशेषज्ञ बाल रोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, फिजिसियनद्वारा सेवा, भिडियो एक्सरे सेवा, दिँदै आएको र हिँजोबाट हाडजोर्नी विशेषज्ञ सेवा सुचारु भएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply