टीकापुर नगरपालिकाका नगर प्रमुख कोरोना संक्रमिति

कार्तिक १७ टीकापुर
टीकापुर नगरपालीकाका नगर प्रमुख तपेन्द्र रावलमा कोरिना संक्रमण देखिएको छ।
सोमबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत कोरोना पुष्टि भएको र केहि दिन यता आफ्नो सम्पर्कमा आएका सबैले सावधानी अप्नाउन अनुरोध गर्दै आफू आफ्नो घरमै आइसोलेसनमा रहेको र स्वास्थ अवस्था सामान्य रहेको जानकारी सार्वजनिक गर्नु भएको छ। त्यसैगरी नगरपालिका स्वास्थ शाखा प्रमुख बल बहादुर रावल ,कर्णाली उ.मा.वि का प्रधानाध्यापक धर्म राज शर्मा लगायतलाई कोरोना पुष्टि भएको शर्माले मालिका समाचार लाई जानकारी दिनुभयो ।
टीकापुर सानासहरी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका ३ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि खानेपानीको महसुल सेवा लगायत सबै बन्द भएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

