घटना

खेतमा लगीएर सामुहिक बलात्कार गर्ने ८ जना पक्राउ , १ फरार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,१७
कैलालीको लम्कीचुहा नगरपालिकामा खेतमा लगीएर सामुहिक बलात्कार गर्ने ८ जना पक्राउ परेका छ्नभने अर्का एक जना फरार छ्न ।


जानकी गाउँपालिका ५ अमैरी गाउँमा दशैको चहलपहल थियो ।कार्तिक ८ गते अष्ट्मीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइलो गरिरहेका थिए रमाइलो हेर्ने बालिकाहरु पनि गएका थिए ।उनिहरु घर फर्कने क्रममा ९ बजेतिर सामुहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्यीय रहेको उनले बताए ।

बिज्ञापन


जानकीका चार बालीका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्क्दै थिए ।९ जनाको समुहमा रहेका केटाहरुले उनीहरु बालिकालाई घेरा हाले ।एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन ।उनलाई साथीकी बहिनी भनेर छोडे ।अर्कीलाई पनि चिनेकै भनेर केही गरेनन।दुई बालिकालाई बन्धक बनाएर , सामान्य कुटपिट गरे।अरु दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रैमा लगिएर पालैपालो बलात्कार गरे।


उनले आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालीकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन ।परिवारले वडाध्यक्षलाई खबर गरे ।वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरुको उदार गरे।


टोली घटना स्थानमा पुगेपछि सामुहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए ।तर बालीकामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको हो।
१८ वर्यीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन घिमिरेले बताए ।घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल लिइएको बताए ।


सामुहिक बलात्कारमा परेकी दुई बालिका शारीरिक तथा मानसिक पिडामा छ्न।उनीहरू घरबाट बाहिर निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ।शारीरिक तथा मानसिक रुपमा पीडा कति छ भने शब्दले बताउन सक्ने अवस्था छैन ;पीडितकी आफन्त कलावतीले बताए ।


सामुहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।फरार एक जनाको खोजी भइरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply