घटना

कांग्रेस सांसद सुर्यबहादुर केसीको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कार्तिक ,१८

नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रिय सदस्य सुर्यबहादुर केसीको निधन भएको छ।

बिज्ञापन


केसीको सोमबार राति पोखरामा निधन भएको छ। केसी मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको पोखरास्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ।


सुर्यबहादुर केसीले राजनीति जीवनको लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए ।पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाटै समानुपातिक संसद बनेका थिए।प्रतिनिधिसभा निर्वाचनको मुखै उनी कांग्रेस प्रवेश गरेका थिए।कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो ।


कांग्रेस सभापति शेरबहादुर देउवाले केसीको निधनमा दु:ख व्यक्त गरेका छ्न ।

केसीको निधनले कांग्रेसका एक अग्रज नेता र देशका एक राजनीतिकर्मी मात्रै नभई सफल व्यावसायी र समाजसेवी गुमाएको महसुस भएको देउवाले बताएका हुन।


यस्तैगरि केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दु:ख व्यक्त गरेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply