घटना

भारतीय जंगलमा नेपाली महिलाको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,१८
भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ।


जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्त प्रहरी नायब उपरीक्षक अमबरबहादुर थापा भारतीय प्रहरीले महीलाको शव फेला पारेको बताए ।

बिज्ञापन


कंन्चन्पुर पुर्नवास नगरपालिका बाट ४ किलोमिटर भित्र भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा अन्दाजी ५५ वर्यीय महिलाको शव फेला परेको प्रहरीले जानकारी दिए ।


त्यस्तै,प्रहरी नायब उपरीक्षक थापाका अनुसार महिलाको शव सडेको अवस्थामा भारतीय प्रहरीले भेटाएको हो।


ती महिलाको शव नजिकै एउटा डायरी पनि फेला पारिएको बताए ।डायरीमा कंन्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगाना उल्लेख गरिएको बताए ।


उक्त डायरीमा आफ्नो नाम नरदेवी कठायत , श्रीमान राजेन्द्रसिह र बुवाको नाम कासी बोगटी लेखिएको भेटिएकोले सोही अनुसार महिलाको पहिचानमा जुटेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।


अहिले भने महिलाको शव भारतको पलियामा राखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply