घटना

हराइरहेका दाजुभाइ मृत्यु अवस्थामा फेला परे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२०
नवलपरासी (बर्दघाट ) सुस्तापुर्वमा दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत्यु अवस्थामा फेला परेका छ्न ।


नवलपुरको गैँडाकोट नगरपालिका -२ का २१ वर्यीय संगम पौडेल र उनका दाजु २६ वर्यीय विजय पौडेल बुधबार साझ मृत्युअवस्थामा फेला परेका हुन।

बिज्ञापन


दुवै दाजुभाइको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट -३ जयश्री खोलाको बाँघमा फेला परेको उनले बताए ।


जिल्ला प्रहरी कार्यालय नवरपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहान देखि हराइरहेका थिए।


मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो।


दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा दुबै जना मृत्युअवस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।


मृत्युको कारणबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply