अवर्गीकृत

बजार अनुगमनका क्रममा म्याद गुज्रिएको १२ बर्षपुगेका सामान बरामद ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कार्तिक २७ टीकापुर
टीकापुर नगरपालिकाले बुधबार गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको १२ बर्षपुगेका सामान हरु सहित बरामद गरेको हो ।

यसरी बरामद गरिएका सामाग्री हरुमा आयुर्वेदिक चुर्ण,बालबालिकाले खाने बोनभिटा ,हर्लिक्स,गुल्कोज, जस्ता सामाग्री रहेका छन अनुगमन गरिएका पसल हरुमा मिठाइ पसल ,किराना पसल ,मदिरा पसल , रहेका छन ।उत्पादन मिति सन२००७ रहेको र सेवन गर्न योग्य वैधता १२ मैना मात्रै रहेको आयुर्वेदिक चुर्ण भेटीएका छन।

बिज्ञापन

टीकापुर नगरपालिकाले तिहारको बेला उपभोक्ता ठगिन सक्ने संगै म्याद गुज्रिएका बस्तुको बिक्री बढ्ने र यसले उपभोक्ता लाई प्रत्यक्ष हानी हुने कुरालाई मध्यनजर गर्दै अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाएको हो ।

नगरपालिकाको वडा नम्बर ७ सत्तीबजार अनुगमनका क्रममा ,मुल्य सुची नभएको , दर्ता नभएको , भेटीए संगै केहि म्याद गुज्रिएका सामानहरु बरामद गरि अनुगमन टोलि प्रमुख रन्जु आचार्य, नगरपालीकाका कर्मचारी हरुको उपस्थितिमा नगर प्रहरी द्वारा म्याद गुज्रिएका सामान हरु नस्ट गरिएको अनुगमन टोली प्रमुख तथा प्रशासकिय अधिकृत रन्जु आचार्यले मालिका समाचार लाई जानकारी गराउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply