हुम्लामा भारी हिमपातले ,एयरकोर्टमै रोकिए हवाईजहाज

पुष ,२०
हुम्लामा भारी हिमपात भएकाले हवाईजहाज एयरपोर्टमै रोकिएका छ्न । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ।
उडान रोकिएपछि सिमकोटबाट सुर्खेत , नेपालगन्ज , काठमाडौलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरु हुम्लामै रोकिन बाध्य भएका छ्न ।

पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ। हुम्ला सदरमुकाम सिमकोटसहित उतरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख ,लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर पुरै सेताम्य भएका छ्न ।
तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै रोकिएका छ्न । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्ने अर्को जहाजमा प्राविधिक टोली आएको थियो ।मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताएका छ्न ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
यसरी हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले हीमालमा बालीनाली सपिरने भएकाले किसानहरु भने खुशी भएका छ्न ।