अनौठो

श्रीमती घर नपठाएपछि जुवाईले ससुराको घरमा शक्तिशारी बम विस्फोट गराए

बिज्ञापन

एजेन्सी । श्रीमतीका लागि माइतीमा बम ब्लाष्ट गराउने व्यक्ति पक्राउ परेका छन् ।

बिज्ञापन

भारत, उत्तर प्रदेश आगराको डौकी क्षेत्रमा ससुराको घरमा बम प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त युवकको साथबाट पेस्तोल पनि बरामद भएको छ । श्रीमती माइती घरबाट नआएको आरोपितले प्रहरीलाई बताएका छन् ।

सासु ससुराले पनि छोरीलाई घर पठाएका थिएनन् । माइती पक्षको सो हर्कतबाट निराश भएका उनले ससुरालाई मार्ने नियतले बम प्रहार गरेका थिए ।

त्यहाँको झारपुरा गाउँका लखन सिंहको घरमा कसैले बम प्रहार गरेको ग्रामीण पूर्वका प्रहरी उपरीक्षक सोमेन्द्र मीनाले जानकारी गराए । जसकारण बाथरुमको छत भत्किएको थियो । केही घरायसी सामान पनि नष्ट भएको जनाइएको छ । विस्फोट यति शक्तिशाली थियो कि मानिसहरु स्तब्ध भए ।

लखन सिंहले ताजगञ्ज निवासी आफ्ना ज्वाइँ हरि सिंहमाथि बम प्रहार गरेको आरोप लगाए । घटनापछि अभियुक्त फरार थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । अन्नतः हरि सिंह पक्राउ परेका छन् ।

आरोपितबाट हतियार पनि बरामद गरिएको जानकारी गराइएको छ । प्रहरी चौकी डौकीका इन्चार्ज बहादुर सिंह र सर्भेलेन्स टोलीका इन्चार्ज सचिन धामाको टोली शुक्रबार बेलुका बिजमाई गाउँ नजिक चेकजाँचमा लागेको थियो ।
सोही क्रममा हिङ्गोट खेरिया नजिकै काची सराई ताजगञ्जका हरिसिंह उर्फ ​​रवि पक्राउ परेका हुन् । उनको साथबाट पेस्तोल समेत बरामद भएको छ । सोधपुछका क्रममा हरि सिंहले घटनाबारे बताएका छन् ।

उनको विवाह लखन सिंहकी छोरीसँग भएको खुलेको छ । विवाहपछि भएको विवाद हुँदा लखन सिंहले छोरीलाई घरमा बोलाएका थिए । हरि सिंह श्रीमतीलाई घर ल्याउन चाहन्छन्, तर सासुराले पठाउँदैनन् ।

यसबाट निराश भएका उनले ससुरालाई मार्ने नियतले बम प्रहार गरेको कुरा स्वीकार गरेका छन् । प्रहरीले आरोपीलाई जेल पठाएर आवश्यक अनुसन्धान थालेको छ ।

बिज्ञापन