अनौठो

पैसाका लागि लासको विवाह !

बिज्ञापन

काठमाडौं । ‘शवको विवाह’ सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो घटना साँचो हो । चीनको शांगडोंग प्रान्तमा एक दम्पतीले आफ्नो आत्महत्या गरेकी १६ वर्षीया छोरीको ‘भूत दुलही’ को रुपमा शवको विवाह गराइदिएका हुन् ।

बिज्ञापन

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार ती निसन्तान दम्पतीले सन् २००६ मा एक गरिव परिवारबाट जिओदानलाई धर्मपुत्रीका रुपमा ल्याएका थिए ।

तर, गत वर्ष डिसेम्बरमा एक भवनको ९औं तलाबाट हाम फालेर ती किशोरीले आत्महत्या गरेपछि ती दम्पतीले उनको शवको विवाह गराइदिएका हुन् । यसका लागि उनीहरूले पैसा लिएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरीले ती दम्पतीको साथबाट करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ । तथापि प्रहरीले उनीहरु माथि मुद्दा चलाउन भने अस्वीकार गरेको छ ।

समाचारका अनुसार ती दम्पतीले दुख दिएका कारण जिओदानले गत वर्ष डिसेम्बरमा एक भवनको ९औं तलाबाट हाम फालेर आत्महत्या गरेको उनका जैविक पीताले बताएका छन् ।

स्मरण रहोस्, चीनका विभिन्न ग्रामीण इलाकामा मृतक व्यक्तिका लासहरुबीच विवाह गराइदिने परम्परा तीन हजार वर्ष अघिदेखि चलिआएको छ ।

बिहे नहुँदै कुनै व्यक्तिको मृत्यु भएमा उसको आत्माले आफन्तहरुलाई पिरोल्ने जनविश्वासका आधारमा मृतक व्यक्तिको लासको बिहे गर्ने चलन रहेको छ ।

बिज्ञापन