राष्ट्रिय समाचार

नेपालमा फेरि लोडसेडिङ आरम्भ

बिज्ञापन

काठमाडौ । नेपालमा फेरि लोडसेडिङ आरम्भ भएको छ । भारतबाट विजुली आयात भइरहेको भएपनि अहिले नेपालले चाहेजति विजुली भारतले दिन नसकेपछि फेरि लोडसेडिङ शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले भने केहीदिनका लागि मात्रै विजुली कटौती हुने दाबी गरेको छ ।

बिज्ञापन

केही वर्ष पहिलासम्म नेपालमा विजुली आउनेभन्दा पनि नआउने समय धेरै हुन्थ्यो । यहाँसम्मकी दैनिक १८ घण्टासम्म सविजुली कटौती हुने गरेको थियो । तर २०७३ सालको लक्ष्मीपूजाको दिनबाट नेपालमा लोडसेडिङ अन्त्य भएको थियो । लोडसेडिङ अन्त्य भएको ६ वर्षपछि फेरि लोडसेडिङ शुरु भएको छ ।

तत्कालिन समयमा विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेको भएपनि उनकै दोस्रो कार्यकालमा लोडसेडिङ हुन थालेको हो । विद्युत प्रािधकरणका अनुसार भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।

हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग भने दैनिक १ हजार ५०० देखि १ हजार ६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । तर, भारतमै समेत विजुलीको माग बढेको र प्रतिस्पर्धी बजारमा नेपालले विजुली किन्न सक्ने अबस्था नरहेका कारण समस्या शुरु भएको नेपाल विद्युत प्राधिकरणको दाबी छ ।

नेपालमा लोडसेडिङ हुनुमा रुस–युक्रेन युद्धले भारत लगाएत देशहरुमा कोइला र प्राकृतिक ग्यासको अभाव प्रमुख कारण रहेको बताइएको छ । तर नेपालमा निर्माणका क्रममा रहेको विद्युत आयोजनाको काम तोकिएको समयमै हुन नसकेका कारण पनि समस्या थपिएको विज्ञहरुको भनाई छ ।

बिज्ञापन