टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
माघ ,१२
महोत्तरीस्थितमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
टिपरको ठक्करले मोटरसाइकलमा सवार बालुवा नगरपालिका-९ का १८ वर्षीय प्रमोद राम चमार र पछाडि बसेका औरही नगरपालिका-४का १५ वर्षीय गुड्डु नदाफको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइएको हो ।
बिहान ९ बजे सम्सीबाट गौशालातर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो।
औरही नगरपालिका-४ स्थित सडकमा टिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
यो पूर्व-पश्चिम राजमार्गसँग जोडिएको भित्री सडक हो। घटनास्थलबाट शव उठ्न सकेको छैन ।
स्थानीयले सडक अवरुद्ध पारेर आन्दोलन गर्न थालेपछि शव र टिपर सडकमै रहेको विष्टले बताए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।