अवर्गीकृत

उत्तरप्रदेशमा उर्लियो प्रनेसंघ भारतमा जनलहर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन १७ लखनऊ
नेपाल कम्युनिस्ट पार्टी नेकपाको जनवर्गीय संगठन प्रवासी नेपाली संघ भारतमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओली कै पक्षमा जनलहर देखिएको छ।

प्रवासी नेपाली संघ भारत उत्तरप्रदेश राज्य समितिको अगुवा कार्यकर्ता भेला भब्य रुपमा सम्पन्न भयो। प्रमोद साउदको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि,प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष – लोक नाथ भण्डारी रहेका थिए भने विशिष्ट अतिथि संघकै केन्द्रिय उपाध्यक्ष-भीम मलाती,अतिथिहरुमा संघकै केन्द्रिय सचिवालय सदस्य-बुद्धिराम कुम्भकर,केन्द्रीय सदस्यहरु मिलन राना,लक्ष्मी रसाइली र गिता रसाइली,अन्तर्राष्ट्रिय नायिका-नितु कोइराला लगायतको उपस्तिथि रहेको थियो भने संचालन-रमेश आचार्यले गरेका थिए।

बिज्ञापन

संघका प्रदेश अध्यक्ष प्रमोद साउदको अध्यक्षतामा भएको भेलामा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले नेकपा पार्टी फुटेको नभई चोईटिएको बताउनुभयो ।

उहाँले भेलामा आफ्ना भनाईहरु राख्दै चोईटिएका २/४ जनाले केपी ओली नेतृत्वको सरकार बनेदेखि नै सरकारको बदनाम गर्ने काममा लागेको, तर अव उनिहरुले पार्टी छोडेर गएपछि पार्टी चलाएमान भएको बताउँदै कम्युनिष्टका खोल ओढेका अवसरवादीहरुको भ्रममा नपर्न प्रवासमा रहेका आगुवा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

उत्तर प्रदेशको राजधानी लखनउमा आईतबार भएको भेलामा संघकै केन्द्रीय उपाध्यक्ष भीम मलाती बिशिष्ट अतिथि रहनु भएको थियो । अन्य अतिथिहरुमा संघकै केन्द्रीय सचिवालय सदस्य बुद्धिराम कुम्भकर, केन्द्रीय सदस्यहरु मिलन राना, लक्ष्मी रसाइली र गीता रसाइली एवं अन्तर्राष्ट्रिय नायिका नितु कोइराला लगायतको उपस्तिथि रहेको थियो ।

मध्यान्तरमा अन्तर्राष्ट्रिय नायिका- नितु कोइराला को बेजोड प्रस्तुति पनि रहेको थियो।उक्त भेला बाट प्रमोद साउद अध्यक्ष र रमेश आचार्य सचिव रहने गरि १०१ जनाको उत्तरप्रदेश राज्य समिति पुनर्गठन,विस्तार र निर्माण गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply