सकुशल डिस्पोज गर्यो टीकापुरमा भेटीएको प्रेसकुकर बम

चैत ९ टीकापुर
टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको खाद्य गोदाम नजिकै सडकको नाला विस्तार गर्ने क्रममा फेला परेको बम नेपाली सेनाको विस्फोट पदार्थ डिस्पोजल टोलीले सकुशल डिस्पोज गरेको छ।

स्काइभेटरले सडक छेउको नाला खन्ने क्रममा प्रेसकुकुरको चारै कुना बाट कालोपट्टीले भेरेको संखास्पद बस्तु भेटिए पछि प्रहरी लाई खबर गरेको स्काइ भेटर चालकले बताए ।
उक्त सूचना पाए लगत्तै खटेका इलाका प्रहरी कार्यलयटीकापुरको टोलि तथा सशस्त्र प्रहरी बल टोलीले सयुक्त नीग्रानी राखेको थियो ।


बिहान ९ बजे पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले उक्त बम दिस्पोज गरेको इलाका प्रहरी कार्यलय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले मालीका समाचार लाई बताए।
आइतबार ५:००बजे सूचना पाए सोमबार देखी बिहान ९:००बजे सम्म उक्त सडकमा आवागमन बन्द गरिएको थियो । बम डिस्पोज गराइसकेपछी भने उक्त सडक आम समुदायको लागी आवागमन सुरु भैसकेको र स्थिति सामान्य रहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बम डिस्पोज गर्दा जोरदार आवाज आएको र बम रहेको क्षेत्रको माटोको डिस्को छेद विच्छेद भएको छ।
बम कहिले कसले राखेको भन्ने ठोस जानकारी नभएता पनि माटो मुनि पुरिएको अवस्थामा फेलापरेको कारण शशस्त्र माओवादी दन्त ताका माओवादी लडाकु हरु द्वारा राखे र बिर्सेको हुनसक्ने स्थानीयको आकलन रहेको छ।
दिनै दिनै विस्फोट हुने हाम्रो देश बृहत सांन्ति सम्झौता पछि एउटा सपना देखेको जस्तो भैसकेको पनि बुजुर्ग हरुको बुझाइ छ।