घटना समाचार

टीकापुरको श्रीलंकामा बाघको आक्रमणबाट एक जना घाइते

बिज्ञापन

टीकापुर ।  कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

बिज्ञापन

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो। २७ वर्षीय पवनलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्। 

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो। उनको हात र कानमा चोट लागेको छ। स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ।

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ। सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

बिज्ञापन