अवर्गीकृत

दैनिक ८हजार लिटर दुध संकलन गर्ने अन्नपूर्ण सस्थाको पशुआहार उद्योग उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भरतपुर ३१ चैत
भरतपुर महानगरपालीकामा दैनिक ८हजार लीटर दुध संकलन गर्ने सस्था अन्नपूर्ण को पशु आहार उद्योगको उद्घाटन भएको छ।

सोमबार बाग्मती प्रदेश सरकारका भुमि ब्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको हात बाट अन्नपूर्ण पशुआहार उद्योग उद्घाटन भएको हो।
२०७६ फाल्गुणमा खाली चौर बाट शिलान्यास गरि शुरु भएको अन्नपूर्ण पशुआहार उद्योगको काम अघिल्लो आर्थिक बर्षको अन्त तिर सकिए पनि कोभिडको कारण उद्घाटन हुन ढिलाई भइरहेको थियो।

बिज्ञापन

२करोड ४२ लाखको लागतमा स्थापना भएको उद्योगमा ५०%वाग्मती प्रदेशको साझेदारी रहेको सस्थाका बजार वयवस्थापक कृष्ण पौडेलले मालीका समाचारलाई बताए ।
यस अघि नै साइलेज उत्पादन तथा दाना को परिक्षण उत्पादन भइसकेको थियो। भने सोमबार बिधिवत रुपमा उद्घाटन भएको हो।

ब्यावसायिकता र सहकारी को क्षमता लाई ठम्याएर कार्य सम्पन्न गर्न सक्ने सक्षम संस्था छनोट गरि काम गर्ने अवसर दिएको भदै सस्थाका सदस्य हरुले खुशी ब्याक्ति गरेका छन ।
उक्त कार्यसम्पन्न गर्न कोभिडको प्रकोपको समेत प्रवाह नगरी अहोरात्र खटेका अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अध्यक्ष ऋषिराम चापागाँई सहित कार्यसमिति टिमको सयुक्त प्रयासले उक्तकुरा संभव भएकोमा सबै प्रति धन्यवाद व्याक्त गर्दै बजार वयवस्थापक कृष्ण पौडेल भन्छन् : सद्भाव र शुभेच्छा सहित सहयोग गर्ने अग्रजहरू, किसानहरु, प्रतिबद्ध कर्मचारी हरु सबैको निम्ति यो एउटा गौरवको कार्य सम्पन्न भएको मा बधाई हामी सबैलाई ।

अन्नपूर्ण दुग्ध उत्पादन सस्था लीमिटेडमा शेर सदस्य संख्या ४ सय जना रहेका छन भने लगभग ६००जना कृषक हरु प्रत्यक्ष जोडिएका तथा लाभान्वित हुनेमा छन भने सस्थाले दैनिक ८हजार लिटर दुध संकलन गर्दै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply