अवर्गीकृत

बादल लाग्दै बत्ति जाने समस्याले उपभोक्ता हैरान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ ७ टीकापुर
कैलाली जिल्लाको पुर्बी क्षेत्रमा बादल लाग्दै बत्ती जाने समस्याले उपभोक्ता हरु हैरान बनेका छन।

बिद्धुत प्रसारणको सबैभन्दा धेरै समस्या टीकापुर नगरपालिका स्थानीय हरुले झेल्नुपरेको छ भने कैलाली जिल्लाको पुर्बी क्षेत्रका जानकी, लम्की-चुहा ,भजनी,जोसिपुर, बर्दगोरिया लगायतका पालिका क्षेत्रहरुमा पनि त्यस्तै समस्य छ्न । पटक पटक लाइन आउने जाने गरेकोले उपभोक्ताहरु आक्रोसित छ्न। आकाशमा अलिकति बादल लागेको अवस्थामा बिद्धुत प्रसारण बन्द हुने समस्याले बिद्धुत प्राधिकरण प्रति असन्तुष्टि पोख्दै

जानकी गाउँपालीका बस्ने जगत चौधरीले मालिका समाचारलाई टेलीफोन गर्दै भने: आकाशमा बादल छाउने र अलि अलि पात हल्लिने बित्तिकै बत्ती जान थाल्यो भने यो बर्षाको बेलामा राती सारै समस्या हुन्छ घरमा सानासाना बालबालिका हरु छ्न बत्ति छैन , सर्प ,बिच्छी हरुको डर डरलाग्छ बल्ल बर्षा सुरु भएको छ यसको समाधान के छ ?बिद्धुत प्राधिकरणले त्यो गर्नु पर्छ १०/१२ घण्टा सम्म बत्ति भएन भने मोबाइलमा चार्ज नै हुँदै एकातिर कोरोनाको महामारी छ कसैलाई सम्पर्क गरौ भने पनि मोबाइल सुइच अफ छ यस्तोमा के गर्ने अलि हुने खानेले त इन्भटर राख्ला हामी जस्तो गरिबले के गर्ने? .. । भन्दै गुनासो गरे ।

मालिका समाचारले बिद्धुत प्राधिकरण टीकापुर शाखा लाई सम्पर्क गर्दा कतै हावा हुरिले रुख ढलेर बिद्धुतप्रसारण लाइन हरुमा अड्कने समस्या छ भने कतै पानीका कारण बिद्धुत प्रसारणका विभिन्न प्रमुख सप्लाइमा समस्या भएको हुन्छ बिद्धुतका कर्मचारी हरुले हरेक क्षेत्र पुगेर कहाँ के समस्या छ भनेर चेक जाच गरेर समस्य पत्ता लागेपछि सप्लाइ सुरु हुन्छ भने कहिलेकाहीँ लम्की तथा अत्तरिया बाटै समस्या आएर बिद्धुत बिद्धुत आपूर्ति बाधा हुने गरेको जवाफ प्राप्त भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply