आस्था /आध्यात्मस्वास्थ तथा सरसफाइ

राष्ट्रिय युवासंघ नेपालद्वारा कैलाशेश्वर शिव मन्दिरमा सरसफाई तथा फोहोर व्यवस्थापन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १६ फागुन ।
कैलाली जिल्लाको टीकापुर नगरपालिका १ मा अवस्थित कैलाशेस्वर शिव मन्दिरमा राष्ट्रिय युवासंघ नेपालले सरसफाईमा सहयोग गरेको छ।

आइतबार साँझ युवासंघ नेपाल टीकापुर नगरकमिटीले मन्दिर परिसर सरसफाई गरेको थियो भने ठिक रात्रिको एक दिन पूर्व सोमबार साँझ फोहोर व्यवस्थापनको लागि पÞmोहोर फाल्ने भाँडाको व्यवस्था गरेको छ ।
संघका टीकापुर नगर संयोजक प्रकाश खत्रीका अनुसार भोलि शिव रात्री मेलाको क्रममा हुने श्रदालु भक्तजनहरुको बाक्लो उपस्थिति हुन सक्ने सम्भावित फोहोरलाई व्यवस्थापन गर्न सड्ने र नसड्ने अलग–अलग ठाउँमा फोहोर फाल्ने दुइटा फोहोर फाल्ने भाँडाहरु स्टयाण्ड सहित मन्दिर परिष्सरमा राखेको छ ।

बिज्ञापन

उक्त क्रममा राष्ट्रिय युवासंघ नेपालका जिम्मेवार व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो जसमा प्रकाश खत्री, नवराज ठकुल्ला, गणेश चन्द, विमल चन्द, जीवन रावल, उमेश तुलाचन, सागर शाही, भुपेन्द्र खड्का, भुपेन्द्र साउँद, प्रकाश खड्का, जनक खड्का, बम ओली, गणेश ओली, प्रकाश बिक्रम शाह ,अनेम संघ टीकापुर नगर अध्यक्ष सरिता थापा रावल लगायत रहेका थिए भने प्रकाश फोटो स्टुडियोले ब्यानर निर्माणमा सहयोग गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।