अवर्गीकृत

धनगढी–पोखरा उडान आजबाट आरम्भ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीको धनगढीदेखि पोखरा उडान आजबाट आरम्भ भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो।

बुद्ध एयरका एकजना प्रतिनिधिले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्। 

बिज्ञापन

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टका सचिव पदम विक्रम सिंहले धनगढी बासिहरुले धेरै अनुरोध गरेपछि बुद्ध एयरले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरेका छ्न । धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।