रुसी आक्रमणमा ४७ युक्रेनी नागरिक मारिए

एजेन्सी । युक्रेन र रुसबीचको आज युद्ध १०औं दिनपनि जारी छ । अब रुसले युक्रेनको आवासीय क्षेत्रमा आक्रमणलाई तिब्र बनाएको छ । युक्रेनले जइटोमिर शहरमा रुसी बम आक्रमणमा आफ्ना ४७ सर्वसाधारण मारिएको दाबी गरेको छ । स्थानीय प्रहरीले यसलाई क्लस्टर बम आक्रमणको संज्ञा दिएको छ ।
युक्रेनको रक्षा मन्त्रालयले रुसले सैन्य आधार र नागरिक क्षेत्रमा लगातार आक्रमण गरिरहेको बताएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई रोक्न सहयोग गर्न युरोपेली नेताहरूलाई अपिल गरेका छन् । जेलेन्स्कीले भने, ’यदि रुसलाई रोकिएन भने पूरै युरोप समाप्त हुनेछ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

