राजनीति

माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बिज्ञापन

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिङ गर्ने छन् । बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।
शुक्रबारको बैठकमा प्रचण्डले एमसीसी कसरी पारित गर्नुपर्ने अवस्थामा पुगियो भन्नेबारे ब्रिफिङ गरेका थिए । नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा फरक मत प्रस्तुत गरेका थिए भने नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोख्रेलले लिखित फरक मत राखेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।