पुटिनको धम्की – युक्रेनले स्वीकार नगरे नाम मेटिनेछ जेलेन्स्कीको जवाफ – कसैसंग झुक्ने छैनौ

कीभ/मस्को
युक्रेन र रुसबीचको युद्धको आज ११औं दिन हो । शनिबार रुसले युक्रेनमा सर्वसाधारणको उद्धारका लागि युद्धविरामको घोषणा गरेपनि केही घण्टापछि अन्त्य गरेको थियो ।
यसपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन झुकेन भने नामोनिशान मेटाई दिने धम्की दिएका छन् ।
उता भने पुटिनको धम्कीको जवाफमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं भनेका छन् ।
यहाँ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कीभमा करिब १.५ लाख रुसी सैनिक घेरिएको र रुसले जुनसुकै बेला यो सहरमा आक्रमण गर्न सक्ने दाबी गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

