बिश्व

दक्षिण कोरियाको जंगलमा आगलागीः ११६ घर ध्वस्त, ६ हजार मानिस घर छाड्न बाध्य १५ हजार एकड क्षेत्रफल प्रभावित भएको छ
सियोल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा लागेको भीषण आगलागीका कारण हालसम्म ११६ घर जलेर नष्ट भएका छन् । योसँगै ६ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । तटीय शहर उल्जिनको पहाडबाट शुक्रबार बिहान जंगलमा आगलागी सुरु भएको हो । आगलागीका कारण उल्जिनमा रहेको आणविक उर्जा केन्द्र पनि जोखिममा परेको थियो ।

राष्ट्रपति मुन जे–इनले पनि यसबारे चेतावनी दिएका थिए, त्यसपछि विद्युत् केन्द्रको क्षमता ५० प्रतिशतले घटाइएको थियो र विद्युतीय लाइन काटिएको थियो । नेशनल फायर एजेन्सीका एक अधिकारीका अनुसार प्लान्टमा सयौं फायर फाइटरहरू खटाइएको थियो, त्यसपछि आगो नियन्त्रणमा ल्याइएको थियो ।

बिज्ञापन

आगलागी नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्निनियन्त्रक र सैनिकसहित ५१ हेलिकप्टर र २७३ सवारी साधन परिचालन गरिएको छ । सामचेओकमा रहेको तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन केन्द्रमा आगो फैलिनबाट रोक्न सयौं अग्निनियन्त्रकहरूले रातभर संघर्ष गरे ।

त्यसपछि तीव्र हावाका कारण आगो उत्तरी सामचेओकतर्फ सरेको थियो । यो शहर राजधानी सियोलबाट करिब ३३० किलोमिटर दक्षिणपूर्वमा छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।