नारायणी नदीमा डुबेर दुई जना बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ । भरतपुर–७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए । उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पु¥याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

