बिश्व

रुसी राष्ट्रपति पुटिनको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोकियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मास्को । रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य १० लाख तोकिएको छ । रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन् । रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन् । ‘रुसी र अन्तर्राष्ट्रिय कानून अनुसार युद्ध अपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु ।’ उनको सन्देशमा उल्लेख छ । ‘पुटिन रुसी राष्ट्रपति होइनन्, उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएका हुन् । त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन् ।’ सन्देशमा उनले ‘वान्टेड ः डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो ः जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन) लेखिएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।