फेला परेको शवको पहिचान खुल्यो

धनगढी । धनगढी उपमहानगरपालिका–५ को जाँईमा सोमबार बिहान ९ बजेर ४५ मिनेट जाँदा जाँई–शिवनगर सडकनजिकै केराबारीमा फेला परेको शवको पहिचान खुलेको छ । भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ४२ वर्षीय कुल्दीप गुप्ताको भनि उनका भाइले सनाखत गरेको बताए । कोरोना संक्रमणको समयमा लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएको भनेर भाइले बताएका छन्’ डिएसपी जोशीले भने । ‘हिजो आइतबार मात्रै उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको जनाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

