व्याक्ती बिशेष

बालकद्वारा ७० बोट वृक्षारोपण

बिज्ञापन

टीकापुर । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं.४ अस्नेहरी स्थायी ठेगाना भई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ खलंगा स्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा २ मा अध्ययनरत ७ बर्षिय छात्र स्वहम् श्रेष्ठले हिजो अन्तराष्ट्रिय महिला दिवसको दिन आफु अध्यानरत बिद्यालयको प्राङ्गणमा विद्यालयमा कार्यरत शिक्षकहरुको अगुवाईमा कक्षा ८ र ९ का छात्र–छात्राहरुको सहयोगमा ३५ बोट दालचिनी र ३५ बोट राईसल्ला गरि जम्मा ७० बोट वृक्षारोपण गरेका छन् ।

बिज्ञापन

विश्वमा तिब्र रुपमा जलवायुमा भैरहेको परिवर्तनका कारण मानव समुदाय र सम्पूर्ण प्राणीहरुको अस्थित्व खतरामा रहेको भन्दै जलवायुमा भैरहेको परिवर्तनलाई न्यूनिकरण गर्ने बाल मनोविज्ञान प्रस्फुटन भएको हुँदा सम्पूर्ण प्राणी जगतको रक्षाका लागि वृक्षारोपणको शुभारम्भ गरिएको छात्र स्वहम् श्रेष्ठको अभिवाकले बताउनु भएको छ । उनको अगामि लक्ष्य विभिन्न स्थानहरुमा दैनिक १० बोट वृक्षारोपण गर्ने स्वहम् श्रेष्ठको रहेको छ ।

अन्तराष्ट्रिय महिला दिवसको दिन शुभारम्भ गरिएको वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रिन्सिपल हर्केश साकीले “वृक्षारोपणले कृषकको आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्ने गरेको र हजारौं वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका मानिसका विभिन्न आयश्कताहरु पुरा गर्दै आएको र धार्मिक महत्वका लागि समेत विभिन्न स्थानहरुमा वृक्षारोण गरिदै आएको समेत रहेको छ । हिन्दु धर्म अनुसार वर, पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिने र अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिदै आएको भन्दै ग्रामीण जीविकोपार्जन सुधारका लागि समेत वृक्षारोपण महत्वपूर्ण रहेको तथा वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको हुन्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाकर चतौटले “वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपु¥याई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पु¥याएको, वृक्ष चराचुरुङ्गीदेखि लिएर जंगली जनावर समेतको वासस्थान रहेको र यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेको, वृक्ष प्रकृतिको अनुपम उपहार हो, यो उपहारलाई विस्तारका लागि रोपण गर्नु अत्यावश्यक छ । हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यता नै छ । यो मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको छ । हाम्रा परम्परागत ज्ञान सिप तथा संस्कारले पनि वृक्षारोपणको कार्यलाई राम्रो मान्दछन । वृक्षारोपणको कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेरिने गरिन्छ । वृक्षारोपणले एकातर्फ घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराएको छ भने अर्को तर्फ सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पु¥याएको“ भन्दै आफ्ना भनाई राख्नुभएको छ ।

यस महान अभियानमा सहयोगका लागि स्वहम् श्रेष्ठले मो.नं. ९८४९५३१०२९ मा अनुरोध गरेका छन् भने वृक्षारोपणका लागि आवश्यक रहेको विरुवाहरु डिभिजन वन कार्यालय डडेल्धुराले उपलब्ध गराएको हो ।

बिज्ञापन