स्वास्थ तथा सरसफाइ

भारतमा कोरोनाभाइरसबाट थप चार हजार ५७५ सङ्क्रमित

बिज्ञापन

२५ फागुन (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संया दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन हजार ९९३ जना कोरोना सङ्क्रमित भएका थिए ।

बिज्ञापन

योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संया भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.११ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

बिज्ञापन