राजनीति

एमालेमा स्थानीय चुनावका लागि कस्ले कुन टिकट टुंगो लगाउने

बिज्ञापन

काठमाडौं, १ चैत्र । नेकपा एमालेले स्थानीय निकायको निर्वाचनका लागि पार्टीबाट टिकट टुंगो लगाउने अधिकारबारे निर्णय लिएको छ । आज बसेको सचिवालय बैठकले यसबारे निर्णय लिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेमा महानगरपालिकाको मेयर र उपमेयर केन्द्रले टुंगो लगाउने भएको छ । यसको अर्थ अध्यक्ष केपी शर्मा ओलीले यसमा सिधा निर्णय लिनेछन् । महानगरपालिकाको र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट जिल्ला हुँदै प्रदेश कमिटीमा गई केन्द्रीय कमिटीले सिफारिश नामहरुबाट अन्तिम निर्णय लिनेछ ।

बिज्ञापन

नगरपालिकाका मेयर र उपमेयरका अलावा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले टुंगो लगाउनेछ । वडाध्यक्ष र वडा सदस्यको उम्मेदवारको टुंगो जिल्ला कमिटीले लगाउने तय भएको छ ।

एमालेको टिकट टुंगो लगाउने तह
केन्द्रले महानगरपालिका र उपमहानगरपालिका
प्रदेश कमिटिीले नगरपालिकाको मेयर र उपमेयरका अलावा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
जिल्ला कमिटीले वडाध्यक्ष र वडा सदस्य

बिज्ञापन