घटना

पिकअपको ठक्करबाट २ युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रौतहट । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ युवकको ज्यान गएको छ । चन्द्रनिगाहपुर आइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा वृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहाका ३५ वर्षिय जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ गरेको छ ।

बिज्ञापन

अहिले मृतकका आफन्तहरुले हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन । सो क्षेत्र आसपासमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।