प्रवास

विधान विपरित कार्य गरेको भन्दै नेतृत्वमा परिवर्तन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लखनऊ । प्रवासी नेपाली संघ उत्तर प्रदेशले विधान विपरित कार्य गरेको भन्दै नेतृत्वमा परिवर्तन गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ– प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितिका जिम्मेवारीमा बोकेका जिम्मेवार नेतृत्वहरुले लामो समयदेखि विधान विपरित विभिन्न कार्य गर्दै आइरहेको साथै भेगिए जातीय नारामा मात्रै आधारितभई हाल ७÷८ महिना बित्दा पनि एक बैठक पनि बोलाउन नसकेको कारण दुःखदका साथ १५–०३–२०२२ का दिन सदस्य बुद्धिराम कुमाललाई उत्तर प्रदेशको राज्य समितिको प्रस्तावित अध्यक्षको लागि सिपारिस गरिएको छ ।

आगामी २७–०३–२०२२ का दिन उहाँको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य एवम् प्रवासी नेपाली–संघ–भारत इन्चार्ज हरि घिमिरे र प्रवासी नेपाली संघ भारतका सदस्य अध्यक्ष लोकनाथ भण्डारीको विशेष अतिथिमा उत्तर प्रदेशमा नयाँ पार्टी सदस्य प्राप्त गर्नु भएको सम्पूर्ण जिम्मेवार नेतृत्वहरुलाई सफतग्रहण कार्यक्रम अमिनावाद स्थित हिन्दु डिग्री बिधान कलेजमा हुनेहँुदा दिउँसो ११ बजे सम्पुर्ण जिम्मेवार नेतृत्वहरुलाई आ–आफ्नो क्षेत्रबाट उपस्थितिको लागि अपिल गरिएको छ । नव निर्वाचितलाई सदस्यहरुलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना पनि व्यक्त गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।