घटना

गएराति लम्कीको एक मदिरा पसलमा सटर फोडेर चोरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की । कैलाली जिल्लाको लम्कीको एक मदिरा पसलमा चोरी भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ मा नरेन्द्र शाहीले सञ्चालन गरेको कुइकाली ट्रेडर्समा बिहीबार राति सटर फोडेर चोरी गरिएको प्रहरीले बताएको छ ।

उक्त पसलबाट ३ लाख ४० हजार नगद र १ लाख ३८ हजारको मदिरा चोरी भएको पसल सञ्चालक शाहीले बताए ।

बिज्ञापन

चोरीमा संलग्नको खोजीका लागि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।