भोलि टीकापुर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

टीकापुर । भोलि टीकापुर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
उक्त दिन टीकापुर विद्युत प्राधिकरणले टीकापुर क्षेत्र र जानकी गाउँपालिका क्षेत्रमा विद्युत प्रसाण लाईन बन्द गर्ने भएको छ । टीकापुर विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गरि भनेको छ– ‘यस केन्द्रबाट वितरण गर्दै आएको ३३÷११ के.भी सवस्टेशनको ३३÷११ के.भी. ६ एम.भि.ए. ट्रान्सफरमरको तेल फिल्टर गरी बद्ली गर्ने भएकोले भोलि चैत्र १२ गते बिहान ९.०० बजेदेखि साँझ ५.०० बजेसम्म तिनवटै फिडरहरु सटडाउन हुने भएकोले टीकापुर र जानकी गाउँपालिका अन्तर्गतका सबै क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने छ ।’

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
