नेपाललाई हिन्दुराष्ट्र कायम गरेरमात्र आर्थिकउन्नति हुनसक्छ :योत्सना साउद

बम ओली ,टीकापुर
टीकापुर स्थित योग आश्रममा शुक्रबार आयोजित एक सांस्कृतिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्वहिन्दु महासंघका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँदले नेपाललाई हिन्दु राष्ट्र कायम गरी विश्व भरि रहेका हिन्दु धर्मावलम्बी हरुलाइ नेपाल जस्तो पवित्र देव भूमिमा आउने वातावरण सृजना गरेर धार्मिक, संस्कृतिक तथा आर्थिक रुपमा नेपाललाई विकास गर्न सकिने बताउनु भयो ।
साथै उक्त कार्यक्रममा टीकापुर क्षेत्रमा रहेका विभिन्न कारणले श्रीमान गुमाएका एकल महिलाहरुलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । नेपाली सांस्कृतिक परिषद नगर कार्यसमतिको आयोजनामा भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिका भित्रका ८२ जना एकल महिलाहरुलाई एक थान साडी वितरण गरी सम्मान गरिएको हो।

त्यसैगरी समाजका विभिन्न क्षेत्रमा सामाजिक योगदान पुर्याउने ५ जना व्यक्तिहरुलाई पनि प्रमाणपत्र दिएर सम्मान गरेको छ । यसरी सम्मानित हुनेव्याक्तीहरुमा पदमबहादुर रावल, भरतलाल चौधरी, जितबहादुर आउजी, झप्पर कुंवर र होमबहादुर गुरुङ रहेका छन् ।

सस्कृती परिषदका अन्तर्राष्ट्रिय प्रवक्ता विशिष्ट अतिथि हर्कबहादुर स्वाँरले समाजमा दिनप्रतिदिन विकृति विसंगति उन्त्पन्न भएकाले समाजलाई सत्मार्गमा डोर्याउन नेपाली संस्कृतिक परिषदको स्थापना भएको बताउनु भयो । उहांले जुन देशमा संस्कार र संस्कृति विग्रेको हुन्छ त्यो देश नै विग्रेको मानिने भएकाले धर्म संस्कार संस्कृति जोगाउनु पर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो।

त्यसैगरी अर्का अतिथि हरिशचन्द्र त्रिपाठीले यूवाहरुको मनोवृत्तिबाट संस्कार हराउदै गएकाले उनिहरुलाइ संस्कार र संस्कृति सिकाउन भनि बनारसको विश्वविद्यालयमा निशुल्क अध्ययन गर्न लैजाने प्रबन्ध पनि मिलाउने बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
कार्यक्रममा वक्ता हरु : सुदुरपश्चिम प्रदेश सांसद उमादेवी बादी, टीकापुर नगरपालिका उपप्रमुख केशरी रावल विष्ट, प्रध्यापक डा. जगतबहादुर सिंह रावल, विरेन्द्र विद्यामन्दिरका पूर्व क्याम्पस प्रमुख धर्मबहादुर विष्ट, कल्पेश कुंवर लगायतले सस्कार र सस्कृतीका बिसयमा सकारात्मक धारणा राख्नु भएको थियो ।
You must be logged in to post a comment.