प्रवासराजनीति

प्रवासी नेपाली एकता मंच(भारत)को सम्मान कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता /मुम्बई प्रवासी नेपाली एकता मंच(भारत)महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको पश्चिम मुम्बई नगर समिति (ख)को आयोजनामा हालै सम्पन्न राज्य तथा केन्द्र पुनरगठन बाट नगर बाट राज्यमा र राज्य बाट केन्द्रमा मनोनीत भएका मंचका नेता हरुलाइ नगरले फुलमाला तथा अविरलगाएर सम्मान गरेका हुन।

नेपालमा नेकपा एमालेबाट अलगभएर नेकपा एकीकृत समाजवादी पार्टी भए संगै भारत प्रवासमा रहेको जनवर्गीय संगठन प्रवासीनेपाली संघ भारत बाट अलग भएका नेता कार्यकर्ता हरुले प्रवासी नेपाली एकता मञ्च संचालन गर्दै आफ्नो साङठनिक गतिविधि गर्दै आइरहेका छन।
यसै सिलसिलामा आइतबार मञ्चको नगर समितिले मलाडको पुर्ब स्थित जयअम्बे हल दप्तरी रोडमा नगर समिति अध्यक्ष बिरेन्द्र नाथ योगी अध्यक्षतामा सचिव रंगलाल सुनारको संचालमा सम्मानकार्यक्रम गरेको हो।

बिज्ञापन

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष भिम ब.भण्डी,बिशिस्ट अतिथि केन्द्रीय महासचिव कटक शाही को उपस्थित रहेको थियो। केन्द्रीय सचिव डिएम बुढा,केन्द्रीय कोषाध्यक्ष केशर रावल,केन्द्रीय सचिवालय सदस्य नैनसिंह आउजी,केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अध्यक्ष राधा रावल,केन्द्रीय सदस्य तथा राज्य समिति वरिष्ठ सल्लाहकार झंकर कुवर,केन्द्रीय सदस्य नैनसिंह ठकुल्ला,राज्य समिति वरिष्ठ उपाध्यक्ष धन ब.कडायत,राज्य समिति कोषाध्यक्ष करन सिंह आउजी,राज्य समिति वरिष्ठ सहसचिव भिम चन्द सोडारी,राज्य समिति सचिवालय सदस्य तथा दक्षिण मुम्बई नगर अध्यक्ष राज धामी,सचिवालय सदस्य नरेश रावल(निर्प),सचिवालय सदस्य गंगा खडका,रत्ना सुनार,निशा शाही,मिरा भाइन्दर नगर समितिबाट,शंकर शाही,केशर शाह,लिला जंग शाह र जेष्ठ महिला काली देवी रावल लगायतको आतिथ्य रहेको थियोे कार्यक्रममा नगर समिति उपाध्यक्ष मोती सिंह टमट्टाले उपस्थितलाई मनतब्यबाट स्वागत गरेका थिए।अन्तमा उपस्थित सबैले सुदुरपश्चिमको सास्कृती डेउडा खेल खेलेर समापन गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।