प्रवास

पुलबाट बस खस्दा चार जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ ।

दुर्घटनामा परि मत्यु हुनेहरुमा सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तिया निवासी ५५ वर्षीया चन्द्रकला जर्गा मगर, धनुषाको धनुषाधाम नगरपालिका–२ निवासी ५० वर्षीय नन्दु दास, सिन्धुलीको तिनपाटन गाउँपालिका–२ निवासी ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारत बेतिया बेलसन्धी कोडार पिपरा पञ्चायत निवासी २४ वर्षीय सुनिल यादव रहेका छन् । प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन् । दुर्घटनामा उनकी तीन महिने छोरी अवासी श्रेष्ठ भने सामान्य घाईते मात्र रहेको प्रहरीले जनाएको छ । ती बच्चीको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको छ ।

बिज्ञापन

मृतक ४ जनाकै शव पोष्टमार्टम गरेर मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनायो । आफन्तहरु सम्पर्कमा आएपछि मृतकको शव पठाईने प्रहरीले जनाएको छ ।

वीरगंजबाट जनकपुर जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस बिहान सबा ११ बजे लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेको थियो । दुर्घटनामा परेर बसका चालक सहित ३७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईते बसका चालक बाराको कलैया उपमहानगरपालिका–१२ निवासी ४८ वर्षीय ज्योतिप्रसाद साहको समेत प्रहरी निगरानीमा उपचार चलिरहेको छ ।

घाईतेमध्ये गम्भीर १४ जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवास तर्फ थप उपचारका लागि पठाईएको छ भने १६ जना घाईतेको लालबन्दीकै विभिन्न अस्पतालमा उपचार चलिरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । त्यस्तै सात जना घाईते भने लालबन्दीकै विभिन्न स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएर घर गइसकेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।