राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।

बिज्ञापन

आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक हुनेछ । बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।