अवर्गीकृतप्रवास

संयुक्त नेपाली महासंघको नयाँ पदाधिकारी चयन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । संयुक्त नेपाली महासंघका नयाँ पदाधिकारीहरु चयन भएका छन् । मुम्बईमा हिजो आइतबारका दिन आयोजित सपथ ग्रहण कार्यक्रममा नयाँ चयन भएका पदाधिकारीहरुलाई पद तथा गोपिनियताको सपथ खुवाईएको थियो । संयुक्त नेपाली महासंघको नयाँ चुनीनु भएका पधाअधिकारीहरु २०२२/२०२४ को लागि दस जना पदाधिकारीहरुमा अध्यक्षमा श्री धिर बहादुर रावल, महामन्त्री मा श्री बिष्णु काफले, बरिष्ट उपाध्यक्षमा श्री पूर्ण कुँवर, उपाध्यक्षमा श्री रबीचन्द्र भट्टराई, कोषाध्यक्षमा श्री सुरज बहादुर बोगटी, सांस्कृतिमंत्रीमा शुश्री तारा शर्मा, शिक्षामंत्रीमा श्रीमती सीता काफले र सहमहामन्त्रीमा श्री भिम राज गैरे, अर्थमंत्रीमा श्री बामदेव सुबेदी, संगठन तथा प्रचार–प्रसार मंत्रीमा श्री युवराज न्यौपाने मनोनित भएका छन् ।


स्मरण रहोस कि संयुक्त नेपाली महासंघ मुम्बईमा स्थापना भएको एक गैर राजनितीक विशुद्ध सामाजिक संगठन हो । यसले प्रवासी नेपालीहरुको सुख–दुःखमा सहयोग गर्नुको साथै अलपत्र परेकालाई उद्धार कार्य गर्दै आइरहको छ । यसले नेपाली कला–संस्कृतिको जगेृर्ना गर्ने हेतुले समय–समयमा नेपाली सांस्कृतिक कार्यक्रम पनि गर्दै आइरहेको छ ।

बिज्ञापन

उक्त अवसरमा प्रवासी नेपाली संघका उपाध्यक्ष डम्बर रावल, संयुक्त नेपाली महासंघका पूर्व अध्यक्ष जगत सिंह, भरत रावल, नेपाली जनसम्परक समितिका पदाधिकारी लगाय बिभिन्न प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।