प्रवासराजनीति

प्रमोद साउदले गरे भारत प्रवास बाटै पालिका अध्यक्ष उमेदवारको दावी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत १४टीकापुर
प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा उत्तर प्रदेश राज्य इन्चार्ज प्रमोद सिह साउदले नेकपा एमाले पार्टीको तर्फबाट आफू कैलाली जिल्लाको बर्दगोरिया गाउँपालीकको अध्यक्षको उमेदवार रहने घोषणा गरेका छ्न।

बैशाखमा हुने स्थानीय तहको निर्वाचनको निम्ति विभिन्न राजनीति दल हरुका नेता कार्यकर्ता हरुले आफ्नो तयारी गरिरहेका बेला उनलेपनि आफू लामो समय देखी प्रवासी नेपाली संघ भारतमा जोडिएको र प्रवास स्थिति प्रवासी नेपाली हरुलाइ आइपर्ने समस्या हरुको समाधान गर्दै सेवामा जुटिरहेको मालीका समाचार लाई बताए ।

बिज्ञापन

साथै उनले आफू निर्वाचित भए आफुलाइ प्राप्त हुने खर्च बाट ७०%गरिब दिनदुखिहरुलाई वितरण गर्ने पनि बताए भने थप घोषणा हरु उनले सामाजिक संजालमा सार्वजनिक गरेको जस्ताको तस्तै राखेका छौ: घोषणा २) सक्दो आफ्नो कार्यकालमा समाज निर्माण अनि गाउँघर अनि कृषि क्षेत्रमा बढी केन्द्रियत हुनेछु।
घोषणा :३) बजारमा एक रेड एकता कायम गराउने मेरो निरन्तर कोशिश हुनेछ।
४) मैले मेरो जिवनको अन्तिम पलसम्म इमानदारीको रोटी खाने कोशिश गर्नेछु।
५) भातखाने खेतलाइ जग्गा पोलडिङमा रोकने छु।
६) प्रवासी नेपालीहरुलाइ स्वदेशमा बसोबास गराइ कृषि क्षेत्रमा फोकस गर्नेछु।

साउदले थप्दै भने नेकपा एमालेको जनगर्विय संगठन प्रवासी नेपाली संघका नेताकार्यकर्ता लाई नेपालको मुल पार्टी नेकपा एमालेले पटक पटक मतदान गर्ने बेला मात्रै प्रयोग गरेर ठग्ने गरेको आक्रोश पनि पोखेका छ्न यदि पार्टीले फेरि त्यस्तै व्यावहार देखायो भने आफू स्वतन्त्र उमेदवार भएर पनि निर्वाचन लढ्ने घोषणा गरेका छ्न।
लामो समय देखी देशमा आपत विपत्ति पर्दा होस पार्टीको मेचीमहाकाली अभियानमा होस बेला बेला नेता हरु भारत प्रवासमा पुगेका बेला होस आफुले आफ्नो सामाजिक दायित्व बुझ्दै सेवा गरेको पनि साउदले बताए

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।