आईपीएल क्रिकेटमा गुजरातको विजयी सुरुआत

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा गुजरातले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराएको हो। वान्खडे मैदानमा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

गुजरातका राहुल टेवाटियाले अविजित ४० रन बनाए । लखनउका दुश्मन्था चामिराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।
लखनउका दिपक होडाले ५५ रन तथा आयुष बाडोनीले ५४ रनको अर्धशतकीय पारी खेले ।गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले दुई विकेट लिए । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
